एजेन्सी । विश्व च्याम्पियन अष्ट्रेलियाका तीब्र गतिका बलर मिट्चेल स्टार्क इन्डियन प्रिमियर लिग(आईपीएल) इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । मंगलबार भएको अक्सनमा अष्ट्रेलियाकै प्याट कमिन्सलाई उछिन्दै स्टार्क सर्वाधिक महँगा खेलाडी बनेका हुन् ।
कलकता नाइट राइडर्सले स्टार्कलाई २५ करोड ७५ लाख भारुमा किनेको हो । अक्सनमा न्युनतम मुल्य दुई लाख रुपैयाँ राखेका स्टार्कलाई किन्न शुरुवातमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा भएको थियो । ९ करोड ६० लाखमा दूवै टोलीले बोली लगाउन छोडेपछि कलकता र गुजरातले बोली लगाउन शुरु गरेका थिए ।
दुई टोलीबीच अन्त्यसम्म भएको प्रतिस्पर्धामा २५ करोड ७५ लाखमा गुजरातले हात झिकेपछि स्कार्ट कलकतामा अनुबन्ध भएका हुन् । आईपीएलको इतिहासमा कुनैपनि टोलीले खर्चेको यो सबैभन्दा ठुलो रकम हो । स्टार्कले दुई घण्टाको अन्तरालमा कमिन्सको रेकर्डलाई तोडेका हुन् । यसअघि सनराइजर्स हैदराबादले कमिन्सलाई सर्वाधिक २० करोड ५० लाख भारुमा किनेको थियो ।
जुन आईपीएल इतिहासकै सर्वाधिक मूल्य थियो । गत संस्करणमा पन्जाब किंग्सले स्याम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो ।
स्टार्कले यसअघि सन् २०१४ र २०१५ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए ।