एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)को जारी अक्सनमा न्युजिल्यान्डका ब्याट्सम्यान डार्यल मिट्चेलले महँगो मुल्य पाउँदाका अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ ‘अनसोल्ड’ भएका छन् । मंगलबार जारी आईपीएलको अक्सनमा मिट्चेललाई चेन्नई सुपर किन्सले १४ करोड भारुमा किनेको हो ।
मिट्चेल २०२२ मा राजस्थान रोयाल्सबाट खेलेका थिए । उक्त संस्करणमा उनले दुई खेलमात्र खेल्ने मौका पाएका थिए । यता अष्ट्रेलियन ब्याट्सम्यान स्मिथ भने ‘अन सोल्ड’ भएका छन् । दुई करोड न्युनतम मुल्य राखेका स्मिथलाई कुनैपनि टोलीले बोली लाउन चासो देखाएनन् ।
यस्तै पन्जाव किन्सले हर्सल पटेललाई पनि महँगो मुल्य खर्चिदै ११ करोड ७५ लाख भारुमा किनेको हो । यस्तै बैंगलोरले वेस्ट इन्डिजका अल्जारी जोसेफलाईपनि ११ करोड ५० लाख भारुमा किनेको हो ।