एजेन्सी । अष्ट्रेलियाका विश्व विजेता कप्तान तथा तीब्र गतिका बलर प्याट कमिन्स इन्डियन प्रिमियर लिग(आईपीएल)कै सर्वाधिक महँगो खेलाडी बनेका छन् । मंगलबार भएको आईपीएलको अक्सनमा कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो ।
यससँगै कमिन्स आईपीएलको इतिहासकै महँगो खेलाडी बनेका हुन् । उनीमाथि पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्ससँगै रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सले पनि बोली लगाएका थिए । अन्त्यमा बैंगलोर र हैदराबादबीच टक्कर भएपनि हैदराबदले बाजी मारेको हो । यसअघि गत सस्करणमा इंग्ल्याण्डका साम कुरानले सबैभन्दा बढि मुल्य पाएका थिए । उनलाई पन्जाव किंग्सले १८ करोड ५० लाख भारुमा भित्र्याएको थियो ।