च्याम्पियन्स लिग अन्तिम १६ ड्र : म्यानचेस्टर सिटीलाई सहज प्रतिद्वन्द्वी

एजेन्सी । युएईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार बेलुकी भएको प्रि-क्वाटरफाइनलको ड्रमा साविक विजेता म्यानचेस्टर सिटीले कोपेन्हागेनलाई प्रतिद्वन्द्वी पाएको हो ।

यस्तै सर्वाधिक १४ पटकको च्याम्पियन रियल म्याड्रिडले क्वाटरफाइनल प्रवेशको लागि जर्मन आरबी लेइपजिगसँग खेल्नेछ । यस्तै अर्को स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग खेल्नेछ ।

अन्तिम १६ को पूरा ड्र

  • एफसी पोर्टो विरुद्ध आर्सनल
  •  नापोली विरुद्ध बार्सिलोना
  • पेरिस सेन्ट जर्मन विरुद्ध रियल सोसिडाड
  • इन्टर मिलान विरुद्ध एथ्लेटिको म्याड्रिड
  • पीएसभी विरुद्ध डर्टमण्ड
  • लाजियो विरुद्ध बायर्न म्युनिख
  • कोपेन्हागेन विरुद्ध म्यानचेस्टर सिटी
  • लेइपजिग विरुद्ध रियल म्याड्रिड

अन्तिम १६ को पहिलो लेग अन्तर्गतका खेल हरु फेब्रुअरी १३/१४ र २०/२१ मा हुनेछ भने दोस्रो लेगका खेलहरु मार्च ५/६ र १२/१३ मा हुनेछ । यस्तै क्वाटरफाइनलको ड्र मार्च १५ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *