काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित तेस्रो लगानी शिखर सम्मेलनबारे सरोकारवालासँगको परामर्श बैठकमा अर्थमन्त्री महतले लगानीकर्ताको चाहना बमोजिमको वातावरण बनाउन सरकार तयार रहेको बताएका हुन् ।
लगानीकर्तालाई आर्कषण गर्न लगानीको वातावरणमात्रै नभएर उनीहरुको लगानीको सुरक्षा र प्रतिफलको समेत ग्यारेन्टी हुुनुपर्ने कुरामा सरकार गम्भीर रहेको बताए ।
मुख्य गरी पर्यटन, कृषि तथा सूचना प्रविधिक्षेत्रमा लगानी भित्र्याउन सरकारले प्रयास गरिरहेको उनले बताए । कार्यक्रममा सरोकारवालाले सरकारले गर्नुपर्ने तयारी र कामबारे प्रष्ट रुपमा सुझाव दिन आग्रह गरेका थिए ।