बार्सिलोनालाई हराउँदै जिरोना शीर्ष स्थानमा

एजेन्सी । स्पेनिस लिग ला लिगामा जिरोनाले बार्सिलोनालाई हराएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनालाई ४-२ गोलले हराउँदै जिरोना लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अर्टेम डोभ्ब्यक, मिगुएल गुटिरेज, भालेरी फर्नान्डेज र क्रिस्टेन स्टुआनीए समान एक-एक गोल गरे । बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्की र इल्काइ गुन्डोगानले समान एक-एक गोल गरे । खेलको १२ औं मिनेटमा अर्टेमले गोल गर्दै जिरोनालाई शुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा राफिन्हाको क्रसमा लेवान्डोस्कीले हेडर गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

४० औं मिनेटमा इभानको पासमा गुटिरेजले गोल गर्दै जिरोनालाई २-१ गोलको अग्रता दिलाए । ८० औं मिनेटमा स्टुआनीको पासमा फर्नान्डेजले गोल थप्दै पाहुना टोलीलाई ३-१ गोलको अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा गुन्डोगानले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर इन्जुरी समयकै पाचौं मिनेटमा साभियोको पासमा स्टुआनीले गोल गर्दै जिरोनालाई ४-२ गोलको जित दिलाएका हुन् ।

जितसँगै जिरोना १६ खेलबाट ४१ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ३४ अंक जोडेको बार्सिलोना चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *