चितवनलाई हराउँदै शीर्ष स्थानमा उक्लियो ललितपुर

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)मा ललितपुर सिटी शीर्ष स्थानमा उक्लिएको छ । आइतबार बेलुकी भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित चितवनलाई ३–१ गोल अन्तरले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरले १९औं मिनेटमा पापा इबुकेबेको गोलबाट अग्रता लिएको थियो । ५७ औं मिनेटमा विवेक पौडेलले गोल गर्दै ललितपुरको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै चितवनलाई २-१ गोलको स्थितिमा ल्याए ।

दोस्रो हाफको इन्जुरी समयमा पापाले गोल थप्दै ललितपुरलाई ३-१ गोलको जित दिलाएका हुन् । जितसँगै ललितपुर ५ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ५ अंक जोडेको चितवन छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *