कारले स्कुटरलाई ठक्करबाट दिँदा गण्डकी मेडिकल कलेजका दुई विद्यार्थीको मृत्यु

पोखरा । कास्कीको लेखनाथमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार पोखराबाट तालचोकतर्फ गइरहेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आइरहेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका वडा नम्बर ५ की २४ वर्षीया भावना बरालको मृृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

उनीहरु दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् । दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको थियो । दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *