परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न कतारलाई आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकू समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको छिट्टै रिहाइका लागि कतारलाई सहजीकरण गर्न अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जवाफमा विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *