नेपाललाई अफगानिस्तानले दियो २६२ रनको लक्ष्य

काठमाडौं । यु–१९ एसिया कपमा नेपाललाई अफगानिस्तानले जितका लागि २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईको आइसीसी ऐकेडेमीको दोस्रो मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ४९.३ ओभरमा ९ विकेट गुमाउँदै २६१ रन बनाएको हो ।

जमसिद जर्दानको उत्कृष्ट शतकीय पारीमा नेपाललाई अफगानिस्तानले उक्त लक्ष्य दिएको हो । उनले १५२ बलमा ८ चौकाको मद्दतले १०६ रन बनाउँदा घाइते भएर मैदान छाडे ।

६.३ ओभरमा ३३ रन बनाउँदा पहिलो तीन विकेट गुमाएको अफगानिस्तानले त्यसपछि सम्हालिएर ब्याटिङ गरेको थियो । अफगानिस्तानले आफ्ना दुई ओपनर वाफिउल्लाह तारखिलले १५ तथा खालिद तानिवालले १० रन जोडेका थिए । त्यसपछि अक्ररम मोहम्मदाजीले खाता नै खोल्न सकेनन् ।

त्यसपछि अफगानिस्तानले चौथो विकेटका लागि ८१ रनको साझेदारी गरेको हो । रहिमुल्लाह जुरमति र जमसिद जर्दानले १२९ बलमा ८१ रनको साझेदारी गरे ।

रहिमउल्लाह ब्यक्तिगत ३५ रनमा आउट भए । पाँचौं विकेटका लागि जमसिद जदार्न र नुमान शाह अग्गाले ८२ बलमा ९७ रनको साझेदारी गरे । नुमान ४१ बलमा ६० रन बनाउँदै आउट भए ।

अफगानिस्तानले छैटौं विकेटका रुपमा ब्यक्तिगत दुई रनमा मोहम्मद युनुस जर्दानलाई गुमायो । अफगानिस्तानले सातौं विकेटका रुपमा खालिल अहम्मदले ब्यक्तिगत १३ रनमा गुमायो ।

आठौं विकेटका रुपमा कप्तान नासिर खान मारोफि ४ रनमा रनआउट भए । अन्तिम विकेटका रुपमा आउट भएका भरिदुन दावादजाईले खाता नै खोल्न सकेनन् । नेपालका लागि हेमन्त धामी, सुवास भण्डारी र गुल्शन झाले दुई दुई तथा आकाश चन्द र दिपेश कँडेलले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *