काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्य लाभ गरि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सामान्य भएपछि गृहमन्त्री श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् डिस्चार्जका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले उपचारमा संलग्न डा. अरुण मास्के सहितको चिकित्सक टोली, नर्स, अस्पताल परिवारलाई आभार व्यक्त गरेका छन् ।
त्यस्तै अस्पताल उपचाररत अवस्थामा अस्पतालमा पुगी स्वास्थ्य लाभको कामना गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रीहरुलगायत राजनीतिक, प्रशासनिक र कुटनीतिक क्षेत्रका व्यक्तित्वहरू एवं विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तहरुलाई गृहमन्त्री श्रेष्ठले धन्यवाद दिएका छन् । मुटुमा समस्या देखिएपछि गृहमन्त्री श्रेष्ठ मंसिर १९ गते गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका थिए ।