११ महिनामा श्रीलङ्कामा भित्रियो ५ अर्ब डलर भन्दाबढी रिमिट्यान्स

सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५ दशमलव ४ अर्ब अमेरिकी डलर पठाएका केन्द्रीय बैङ्क ले जनाएको छ । कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलरको तुलनामा ४० प्रतिशतले बढी हो ।

कामदारहरूले सन् २०२२ को पहिलो ११ महिनामा ३ दशमलव ३ अर्ब डलर पठाएको बैङ्कको तथ्याङ्कले देखाएको छ । प्रवासी कामदारले पठाउने रकम श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनकोे एक प्रमुख स्रोत हो ।

सन् २०२३ को नोभेम्बर महिनाको अन्त्यसम्म २७ लाख पाँच हजार श्रीलङ्कालीहरू वैधानिक रूपमा वैदेशिक रोजगारीका लागि बिदेश गएका विदेशमन्त्री अली साब्रीले संसदा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *