एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो खराब लयलाई निरन्तरता दिएको छ । शनिबार राति भएको खेलमा युनाइटेड एएफसी बर्नामाउथसँग ३-० गोलले पराजित हुँदै लिगमा सातौँ हार बेहोरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा बर्नामाउथलाई जित दिलाउन डोमिनिक सोलान्के,फिलिप बिलिंग र मार्कोस सेनेसीले समान एक-एक गोल गरे । खेलको पाँचौं मिनेटमा कुकको पासमा सोलान्केले गोल गर्दै बर्नामाउथलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६८ औं मिनेटमा मार्कुसको पासमा बिलिंगले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ७३ औं मिनेटमा सेनेसीले गोल गर्दै बर्नामाउथलाई ३-० गोलको जित दिलाएका हुन् ।
जितसँगै बर्नामाउथ १६ खेलबाट १९ अंक जोड्दै लिगको १३ औं स्थानमा उक्लिंदा समान खेलबाट २७ अंक जोडेको युनाइटेड छैटौं स्थानमा झरेको छ ।