काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)मा बुटवल लुम्बिनी एफसीले दोस्रो जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा बुटवलले काठमाडौं रेजर्सलाई २-१ गोलले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा भएको खेलमा बुटवललाई जित दिलाउन स्टेफेन बिनोंग र एरिक विष्टले समान एक-एक गोल गरे । काठमाडौंको लागि राजिव लिप्चनले सान्तवना गोल फरे । खेलको २८ औं मिनेटमा बिनोंगले गोल गर्दै बुटवललाई शुरुवाती अग्रता दिलाएका थिए ।
६० औं मिनेटमा एरिकले गोल गर्दा बुटवल सहज जिततर्फ अगाडि बढेको थियो । यस्तै काठमाडौंको लागि इन्जुरी समयमा राजिवले गरेको गोल सान्तवनामा सिमित बन्यो ।
जितसँगै बुटवलले ५ खेलबाट ७ अंक जोडेको छ । एक खेल कम खेलेको काठमाडौंको ५ अंक रहेको छ ।