काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे शुरु हुनेछ ।
धनगढीलाई आज शीर्ष स्थानमा उक्लिने मौका रहेको छ । हाल धनगढी ३ खेलबाट ७ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । आजको खेलमा जित निकालेको खण्डमा धनगढी शीर्ष स्थानमा उक्लिनेछ । समान खेलबाट ३ अंक जोडेको इलाम सातौँ स्थानमा रहेको छ ।
यस्तै आजै हुने दोस्रो खेलमा एफसी बुटवल लुम्बिनी र काठमाडौं रेजर्स भिड्दैछन् । खेल बेलुकी ५ बजे शुरु हुनेछ । बुटवल आज दोस्रो जितको खोजीमा हुनेछ । हाल बुटवल ४ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । एक खेल कम खेलेको काठमाडौं ५ अंकको साथ चौथो स्थानमा रहेको छ ।