हमासको क्रुरताले प्यालेस्टिनीहरूमाथिको सामूहिक सजायलाई उचित ठहर्याउन सक्दैनः महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हमासको क्रुरताले कहिले पनि प्यालेस्टिनीहरूमाथिको ‘सामूहिक सजाय’ लाई जायज ठहराउन नसक्ने बताएका छन् ।इजराइलले गाजापट्टीमा हमासविरुद्धको उसको कारबाहीलाई जोड दिइरहेको बेला उनको उक्त भनाइ आएको हो ।

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गाजामा अधिकांश महिला र बालबालिकासहित १७ हजार एक सय ७० जनाको मृत्यु भएको छ ।

त्यसपछि महासचिव गुटेरेसले राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । उनले अझै पनि करिब एक सय ३० जनालाई बन्धक बनाइएकाले उनीहरूको तत्काल र बिनासर्त रिहाइको माग गरेका छन् ।

अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासले अचानक हमला गरेपछि सुरु भएको युद्धमा इजराइलले इस्लामिक आन्दोलनलाई नष्ट गर्ने वाचा गर्दै गाजामाथि लगातार बमबारी गरेको छ र ट्याङ्क तथा स्थल सेना पठाएको छ । इजराइलका अनुसार हमासले हमलामा करिब एक हजार दुई सय नागरिकको मारेको र एक सय ३८ जनालाई बन्धक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *