धरादीलाई वडा स्तरीय भलिबलको उपाधि

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउरालीमा भएको साविक गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लब, धरादीले जितेको छ । सोमबार बेलुकी भएको फाइनल खेलमा आयोजक छब्दी चाँपस्वरा युथ क्लबलाई २-१ को सेटमा स्तब्ध बनाउँदै धरादीले उपाधि जितेको हो ।

छब्दी देउरालीस्थित खेल मैदानमा भएको फाइनल खेलमा शुरुवातदेखिनै हाबी बनेको धरादीले पहिलो सेट २५-१५ ले जित्दै घरेलु टोलीलाई दबाबमा राखेको थियो । रोमान्चक दोस्रो सेटमा घरेलु दर्शकमाझ २५-२२ को जित निकाल्दै पुनरागमन गरेको आयोजकले निर्णायक तेस्रो सेट १५-९ ले धरादीलाई सुम्पिदै उपविजेतामा चित्त बुझाएको हो ।

पुरस्कार वितवरणको तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस् : 

जितसँगै धरादीले  ३० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेतामा चित्त बुझाउन बाध्य आयोजकले २० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै तेस्रो हुन सफल दसगाहा युवा क्लबले नगद १० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो । व्यक्तिगततर्फ धरादीका सन्जोक परियार प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले मेडल र ट्रफी हात पारे । उकृष्ट स्काइपर दसगाहाका विकाश विक, उत्कृष्ट लिफ्टर दसगाहाका भरत विक, उत्कृष्ट डिफेन्डर दसगाहाकै विवश गुरुङ, उत्कृष्ट ब्लकर छब्दीका भोजराज विसी र उदयीमान खेलाडी छब्दीकै प्रविन विक घोषित भए ।

यस्तै सांस्कृतिक कार्यक्रम अन्तर्गत भएको लोक दोहोरी प्रतियोगिताका देउरारी आमा समूह प्रथम हुँदा छब्दी आमा समूह दोस्रो र प्रगति आमा समूह सान्त्वना हुन सफल भयो । प्रथम हुने देउरालीले नगद ६ हजार, दोस्रो हुने छब्दीले ४ हजार र सान्तवनामा चित्त बुझाएको प्रगति आमा समूहले एक हजार पाँचसय रुपैयाँ प्राप्त गरे ।

फाइनल खेलको तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस् : 

विजेता टोलीका सदस्य र खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि तथा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, वडा नं १० का वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, पूर्व वडा अध्यक्ष रामचन्द्र भण्डारी, क्लबका सभापति हरिचन्द्र थापा, समाजसेवी पहल बहादुर थापा लगायतले पुरस्कार वितवरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *