यो गन्तव्य विनाको सरकार हो, देश विकासका लागि एमालेकै सरकार आवश्यक छः अध्यक्ष ओली

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू रहे नरहे पनि देश सधैं रहिरहन्छ भन्ने मानसिकताबाट काम गर्नुपर्ने बताएका छन् ।

मध्यपहाडी यात्राको क्रममा आइतबार अछामको विनायकमा आयोजित संक्षिप्त सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहहरुले स्थानीय जनतासँग समन्वय गरेर उनीहरुको आवश्यकता अनुसार काम गर्न निर्देशन दिए ।

अध्यक्ष ओलीले वर्तमान सरकार कुनै गन्तव्य विनाको भएको हुनाले देशको हितका निति कुनै काम गर्न नसकेको बताए । देश विकास गर्नका लागि एमालेकै सरकार आवश्यक पर्ने उनले बताए ।

उनले जनता मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताए । आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको भन्दै अध्यक्ष ओलीले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने र चलाइहाले मुद्दा फिर्ता लिने गरेको भन्दै आपत्ति जनाए ।

यात्राको क्रममा आफूलाई दिइएका ज्ञापन र मागपत्रहरुलाई एमालेले गम्भीर रुपमा लिने उनले बताए । उनले जनताका समस्या र मागलाई एमालेले सधैं शिरोधार्य गरेर नीति निर्माण गर्ने र राष्ट्रिय आत्मविश्वास बढाउने काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *