सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च २७० अर्ब युरो (२९५ अर्ब अमेरिकी डलर) पुग्ने युरोपेली सङ्घका प्रमुख चाल्र्स मिशेलले बताएका छन् ।

मिशेलले भने, “युरोपेली सङ्घले खर्चको राम्रो समन्वय गर्न र समूहले एकसाथ छिटो काम गर्न सक्दछ भन्ने सुनिश्चित गर्न ‘रक्षाका लागि एक बजारको दिशा जानुपर्छ’ ।”

“हामी हाम्रो रक्षा उद्योगलाई स्पष्ट सन्देश दिइरहेका छौंः उत्पादन गर्नुहोस् र हामी खरीद गर्नेछौं,” मिशेलले ब्रसेल्सको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको चौतर्फी आक्रमणले युरोपलाई आफ्नो पूर्वी छिमेकीको खतराको सामना गर्न सक्षम हुन प्रतिरक्षामा थप लगानी गर्न आवश्यक छ भन्ने देखाएको छ । मिशेलले भने, “यो वर्ष मात्रै ईयूका सबै सदस्य राष्ट्रको कूल रक्षा खर्च करिब २७० अर्ब युरो रहेको छ ।”

ईयूका २७ सदस्य राष्ट्रहरूले नयाँ हार्डवेयरको खरिदमा वृद्धि गरेपछि सन् २०२१ मा खर्च २४० अर्ब युरो पुगेको थियो, जुन आफैमा समग्र छ प्रतिशतको एक उच्च वृद्धि हो ।

यूरोपेली रक्षा निकाए (ईडीए) का अनुसार सन् २०२२ मा छ देशले आफ्नो खर्चमा १० प्रतिशतभन्दा बढी वृद्धि गरेका छन् भने नेटो आवेदक स्वीडेनले ३० प्रतिशतभन्दा बढी खर्च गरेको छ ।

इडीएका प्रमुख तथा ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “हाम्रो सशस्त्र बल अझै बढी माग गर्ने युगका लागि तयार हुनुपर्छ ।” उनले भने, “यी नयाँ वास्तविकतासँग घुलमिल हुनुभनेको सबैभन्दा पहिला रक्षा क्षेत्रमा लगानी गर्नु हो ।

तर वृद्धिको बावजुद समूहले अझै पनि ‘प्रमुख क्षमता अन्तर’ को सामना गरिरहेको छ र ‘विश्वका अन्य राष्ट्रहरूभन्दा पछाडि रहेको छ ।

शीतयुद्धको अन्त्यपछि दशकौंसम्म रक्षा खर्चमा गिरावट आएको क्रेमलिनले सन् २०१४ मा युक्रेनबाट क्रिमिया कब्जा गरेपछि हरेक वर्ष खर्च बढ्न थालिसकेको बताएको छ ।

रूसी सरकारले सन् २०२४ का लागि आफ्नो सैन्य खर्चमा ६८ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । इडीएले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२२ मा रक्षा लगानीका लागि ईयूमा हालसम्मकै उच्च ५८ अर्ब युरो विनियोजन गरिएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *