छब्दी चाँपस्वरा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउरालीमा आयोजना हुने छब्दी चाँपस्वरा धमाका मेला-२०८० को सम्पूर्ण तयारी पुरा भएको छ ।

छब्दी चाँपस्वरा युथ क्लबको आयोजनामा छब्दी देउराली बजारको खेल मैदानमा हुने साविक गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो । भोलि बिहीबारबाट शुरु हुने प्रतियोगिताको पहिलो दिन उद्धाटन कार्यक्रमसँगै, सास्कृतिक कार्यक्रम र उद्धाटन खेल हुनेछ । प्रतियोगिताको उद्धाटन शुक्लागण्डकी नगरपालिका-१० का वडा अध्यक्ष राजेन्द्र क्षेत्रीले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्धाटन खेलमा भिमाद हैदेगा र आयोजक(निलो) भिड्नेछन् ।

यस्तै प्रतियोगिताको उद्धाटन समारोहमा अतिथिका रुपमा उपस्थित भई कार्यक्रमलाई भव्यरुपमा सफल पार्न सहयोग गरिदिनु हुन खेल संयोजक भोजराज विसीले वडा बासीलाई आग्रह गरेका छन् ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना भएको प्रतियोगिता मङ्सिर १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद तीस हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद बीस बजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ भने भने तेस्रो हुने टोलीले नगद १० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई विशेष आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *