नेपाल सुपर लिगमा ललितपुर र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)मा आज ललितपुर सिटी एफसी र पोखरा थनन्डर्स भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

पहिलो चरणको खेलमा जित निकालेका दुवै टोली आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । पहिलो खेलमा पोखराले चितवनलाई पराजित गरेको थियो भने ललितपुरले बुटवल लुम्बिनीलाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *