बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बार्सिलोना अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको खेलमा एफसी पोर्टोलाई २-० गोलले हराउँदै बार्सिलोना नकआउट चरणमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोए कान्सेलो र जोए फेलिक्सले समान एक-एक गोल गरे । पोर्टोको लागि पेपेले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पोर्टो पराजित हुन पुगेको हो । खेलको ३० औं मिनेटमा पेपेले गोल गर्दै पोर्टोलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा पेड्रीको पासमा कान्सेलोले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । ५७ औं मिनेटमा कान्सेलोको पासमा फेलिक्सले गोल गर्दा बार्सिलोनाले खेलमा २-१ गोलको अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोलले विजयी भएको हो ।

जितसँगै बार्सिलोना ५ खेलबाट १२ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा रहेको छ । सामना खेलबाट ९ अंक जोडेको पोर्टो दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *