काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । त्यस्तै उनीहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो ।
त्यसक्रममा प्रधानमन्त्रीले ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको आर्ट ग्यालरी अवलोकन गराएका थिए । २०७२ को भूकम्पले क्षतिग्रस्त भएको उक्त भवन रेट्रोफिटिङ हालै सकिएको थियो । एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान सुरु गर्दैछ । त्यसको पूर्वसन्ध्यामा दुई नेताबीच भेटवार्ता भएको हो ।