मान्छे बनौँ पहिला, अरु त जनताले बनाई हाल्छन् नीः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मुलुकलाई माया गर्ने मानिसको आवश्यकता रहेको बताएका छन् । बिहीबार नेकपा एमाको भातृ संगठन र दुर्गा प्रसाईं पक्षको प्रदर्शनलाई कटाक्ष गर्दै मेयर साहले मुलुकलाई माया गर्ने मानिसको आवश्यकता रहेको बताएका छन् । उनले सबैलाई राजा, राष्ट्रपति, प्रधानमन्त्री र नेता मात्रा बन्न मन लागेको तर देशलाई चाहिने मान्छे नभएको बताएका हुन् । उनले भनेका छन्ः
यो देशमा सबैलाई
राजा बन्न मन लाग्यो
राष्ट्रपति बन्न मन लाग्यो
प्रधानमन्त्री बन्न मन लाग्यो
नेता बन्न मन लाग्यो
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जसले धर्तीलाई माया गरोस्
मान्छे बनौँ पहिला
अरु त, जनताले बनाई हाल्छन नी ।

तीनकुनेमा भएको प्रदर्शनमा एमाले नेता महेश बस्नेतले काठमाडौंका मेयर साह साह र धरानका मेयर हर्क साम्पाङलाई राजा बन्न खोजेको आरोप लगाएका थिए ।

उनले भनेका थिए, ‘उता हर्क साम्पाङ मै हुन्छु भन्दैछन् । यता बालेन म पो राजा हुन्छु भन्दैछन् । काठमाडौं उपत्यकामा मल्ललाई पनि ल्याउनुपर्छ भनेर चिया पसलमा छलफल हुन थालेको छ । नेपालमा नौटंकी राजाहरूको जमघट हुँदैछ । राजा–राजाबीच झगडा पर्दैछ । तर, लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *