नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार सेनाले सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ ।

सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन् । उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गते भित्र आवेदन दिन सूचित गरिएको छ । यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा ३ हजारको दरखास्त मागिएको छ ।

सबै पदमा गरेर करिब ४ सय भन्दा बढी पदमा दरखास्त दिन सूचित गरिएको छ । देशका आठवटै पृतनाका हेड क्वाटरलगायत अन्य २५ भर्ना केन्द्रमा दरखास्त दिन मिल्ने जनाइएको छ । सेनाले आफ्नो वेबसाइटबाट फाराम डाउनलोड गरेर भरेर सूचनामा उल्लेखित भर्ना केन्द्रहरूमा आफैं उपस्थित भएर बुझाउन सचेत गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *