काठमाडौंको तिनकुनेमा युवा संघको प्रदर्शन(फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् ।

युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले निषेधाज्ञा घोषणा गरेकाले तिनकुनेमा प्रदर्शन गरेको हो । बिहीबार नै दुर्गा प्रसाईंको नेतृत्वको समूहले पनि काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *