धनकुटामा एकै घरका तीनजना मृत फेला

काठमाडौं । धनकुटा नगरपालिका–१ निगालेमा एकै घरका तीनजना मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिनेमा ३७ वर्षका टीका गुरुङ, उनकी पत्नी ३८ वर्षीया झुमा र ११ वर्षीय छोरा आयुष रहेका छन् ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटा नगरपालिका १ निगोलमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेको बताए।

उनका अनुसार दुई जना मृत अवस्थामा र एक जना झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रमुख जिल्ला अधिकारी पौडेलले मृत अवस्थामा भेटिनेमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरूका ११ वर्षीय छोरा आयुष रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *