‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले सात स्थानबाट जुलुस निकाल्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले बिहीबार उपत्यकाका सात ठाउँबाट जुलुस निकाल्ने भएको छ ।

काठमाडौंको बल्खुमा हुने कार्यक्रमका लागि सातवटा रुट तय गरेको हो । जुलुसमा धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *