प्रदर्शनीमार्गमा युवा संघ र अनेरास्ववियुको मसाल जुलुस प्रदर्शन

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियूले काठमाडौंको भृकुटीमण्डपमा मसाल जुलुस निकालेको छ । बिहीबार हुने प्रदर्शन सफल पार्नका उनीहरुले बुधबार प्रदर्शनीमार्गमा मसाल जुलुस निकालेका हुन् । प्रदर्शनमा सहभागीहरूले मंसिर ७ गतेको कार्यक्रम सफल पार्न भन्दै नारा लगाएका थिए ।

बिहीबार युवा संघले काठमाडौंमा प्रदर्शन गर्दैछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघको कार्यक्रम एकैदिन परेपछि काठमाडौं जिल्ला प्रशासनले विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *