दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् मङ्सिर ७ गते बिहीबारको राशिफल

श्री शाके १९४५ बि स २०८० मंसिर ७ गते बिहीबार इश्वी सन २०२३ नोभेम्बर २३ तारीख कार्तिक शुक्लपक्ष एकादशी तिथी उत्तराभाद्रपदा नक्षत्र वज्र योग वणिज करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा छत्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु हरिबोधिनीएकादशीव्रत, तुुलसीविवाह, भीष्मपञ्चकशुरु, वराहमा धार्मिकमेलाशुरु, खोटाङमा बराहपोखरीमेला, भैसे मकवानपुरमा त्रिखण्डेश्वरमेला(ज्यो.पं सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । विश्वासिला व्यक्त्तिहरु बाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिस्पर्धा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ ।

वृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यक्षेत्रमा पदोन्नतीको समय रहेको छ । पुराना लगानि उठाउन समयले विशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय व्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । । भौतिक साधनको प्रयोगमा समय व्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथिभाईहरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट व्यहोर्नु पर्ला । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष सावधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अपरिपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । वाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्टमित्र बिच सामान्य वादविवादको योग रहेको छ ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयो द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय व्यतित हुन सक्छ । परोपकार तथा व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि- ं र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा सावधानि रहनुहोला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने व्यक्त्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नु पर्ला ।

वृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पर्न सक्ला । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । वौद्धिक व्यक्त्तित्वहरुको साथ प्राप्त हुनेछ । विद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

धनु राशि- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परीस्थीतिसगँ जुध्ने क्षमतामा वृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय व्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा वृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा वृद्धि हुने योग रहेको छ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कार्यको निम्ती धेरै समय व्यतित हुनाले मानसीक तनावको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । परिवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । वाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *