पोखरा महानगरपालिका र चीनको ग्यान्झोनबीच आधुनिक कृषि र पर्यटन विकासबारे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । बागमती प्रदेश र चीनको जियाङ्सी प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल र चिनियाँ कम्युनिष्ट पार्टी जियाङ्सीका वु जोङजिओनले काठमाडौंमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै पोखरा महानगरपालिका र जियाङ्सीकै एक मुख्य शहर ग्यान्झोनबीच आधुनिक कृषि र पर्यटन विकासबारे छुट्टै आसय(सहमति)पत्रमा हस्ताक्षर भएको छ ।

चीनकै असाध्यै विकट तर तीव्र विकास र सम्पन्नता हासिल गरेको जियाङ्सी प्रान्त र बागमती प्रदेशबीचको यो सम्बन्धले बागमती प्रदेशको विकास एवम् समुन्नतिमा महत्वपूर्ण अर्थ राख्ने चर्चा सो सन्दर्भमा गरिएको थियो ।

कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चन सङसमेतले नेपाल र चीनबीचको राज्य तथा जनतास्तरीय ऐतिहासिक सम्बन्धको महत्वबारे बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *