प्रहरी उपरीक्षक दाहाल ११ दिनदेखि थुनामा

विराटनगर । नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल ११ दिनदेखि हिरासतमा छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

दाहालले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए । गत २४ कात्तिकमा दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो ।

सोही घटनामा दाहाल थुनामा परेका हुन् । यद्यपी दुर्घटनामा उनको गल्ती नभएको बताइन्छ । तर, दुर्घटनामा ठूलो सवारी साधनकै गल्ती हुने भएकाले उनीविरुद्ध मुद्दा अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *