इजरायली आक्रमणमा लेबनानमा दुई पत्रकारसहित तीनको मृत्यु

दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ ।

स्थानीय टिभी च्यानल अल–मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ । नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक पनि मारिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *