छब्दी देउरालीमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउरालीमा छब्दी चाँपस्वरा धमाका मेला-२०८० आयोजना हुने भएको छ । छब्दी चाँपस्वरा युथ क्लबको आयोजनामा हुने मेला मंसिर १४ देखि १७ गतेसम्म चल्नेछ ।

छब्दी देउराली बजारको खेल मैदानमा हुने मेलामा साविक गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता मंसिर १४ गतेबाट शुरु हुनेछ भने फाइनल खेल मंसिर १७ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद तीस हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद बीस बजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ भने भने तेस्रो हुने टोलीले नगद १० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई विशेष आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिताको लागि टिम दर्ता शुक्ल तीन हजार रुपैयाँ तोकेको छ भने टिम दर्ता मङ्सिर १२ र १३ गते गर्न सकिनेछ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *