माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी प्रशासनले आदेश जारी गरेको छ।

सोमबारदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ । एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एकै स्थानमा शक्ति प्रदर्शनको तयारी गरेपछि प्रशाशनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

मंसिर ७ मा प्रसाईंले माइतीघरमा शक्ति प्रदर्शनको तयारी गरेका थिए । एमाले केन्द्रीय सदस्य छाडेका प्रसाईं पछिल्लो समय एमाले अध्यक्ष केपी ओली तथा पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध आक्रामक देखिएका छन् ।

उनले बारम्बार उनीहरूविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । यस्तो सन्दर्भमा प्रसाईंको आन्दोलन घोषणा भएकै दिन युवा संघले पनि माइतीघरमै शक्ति प्रदर्शनको तयारी गरेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *