त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित भारतीय महिलालाई पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो कोकिनसहित भारतीय महिलालाई पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएकी ती महिलालाई कोकिनसहित पक्राउ परेकी हुन् ।

लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । उनको साथबाट एक किलो ९७३ ग्राम कोकिन बरामद भएको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *