काठमाडौं । इजरायली डिफेन्स फोर्सले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ । हमासले बन्धक बनाएर उनीहरुलाई गाजाको अल शिफा अस्पताल लैजाँदै गरेको भिडियो आइडिएफले सार्वजनिक गरेको हो ।
भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई हिँडाएर लगेको देखिन्छ ।
आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ । उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ।
हमासले इजरायलमा आक्रमण गर्दा दश नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक नेपाली बेपत्ता भएका थिए । बेपत्ता भएका विपिन जोशीलाई हमासले बन्धक बनाएको पुष्टि भएको छ । बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत रहेक इजरायलले नेपाललाई जानकारी दिइसकेको छ।
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023