काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आज हुँदैछ । टिकटकका कारण सामाजिक सद्भाव बिथोलिएको भन्दै सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दायर भएका छन् । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।