युरोकप छनोटमा पोर्चुगलको लगातार दसौं जित

एजेन्सी । युईएफए युरोकप छनोटमा पोर्चुगलले लगातार दसौं जित निकालेको छ । आइतबार राति भएको खेलमा आइसल्याण्डलाई २-० गोलले हराउँदै पोर्चुगलले छनोटको सुखद अन्त्य गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज र रिकार्डो होर्टाले सामने एक-एक गोल गरे । खेलको ३७ औं मिनेटमा सिल्भाको पासमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा रोनाल्डोको पासमा होर्टाले गोल गर्दै पोर्चुगललाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै पोर्चुगलले १० खेलबाट ३० अंक जोड्दै समूह ‘जे’को शीर्ष स्थानमा रहेको छनोटको अन्त्य गरेको छ । सामना खेलबाट १० अंक जोडेको आइसल्याण्ड चौथो स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *