मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ शान्तिटोलमा ट्रकको ठक्करबाट  एकजना महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको  मृत्यु भएको हो । द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट उनको घटनास्थलमा नै मुत्यु भएको हो । चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *