काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाइका लागि नियमित उडान गर्ने भएको छ । नेपाल–चीन हवाई सेवा विस्तार योजना अन्तर्गतको यो उडान डिसेम्बर २ बाट सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
सांघाइमा साताको शनिबार र बुधबार उडान गर्ने भएको छ। यसअघि चिङ्ताओ र बेइजिङमा कम्पनीको नियमित उडान छ। कम्पनीका लागि सांघाइ चीनतर्फको तेस्रो उडान गन्तव्य हो ।
नेपाल–चीन सँगै विभिन्न अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा विस्तार गर्दै आएको उडानमार्फत दुईतर्फी पर्यटनसँगै व्यापार व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।