सुरुङ मार्ग भासिने डरले उत्तराखण्ड फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध

सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्वपूर्ण हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो ।

शनिबार वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको सङ्ख्या ४१ रहेको पुष्टि गरेका छन् । यो सङ्ख्या निर्माण कम्पनीले रिपोर्ट गरेको भन्दा एक जना बढी हो ।

सरकारको राजमार्ग तथा पूर्वाधार कम्पनी एनएचआईडीसीएलले शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार कार्य अवरूद्ध भएको छ ।

उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् । “हामी उनीहरूको स्वास्थ्यको बारेमा सोधपुछ गरिरहेका छौं”, उद्धार टोलीका एक सदस्य मोहम्मद रिजवानले भने,“तर तिनीहरू सबैको एउटै मात्र प्रश्न छः ‘तपाईं हामीलाई कहिले बाहिर ल्याउनुहुन्छ?’”

Leave a Reply

Your email address will not be published. Required fields are marked *