गिब्राल्टारको पोस्टमा फ्रान्सको १४ गोल

एजेन्सी । युईएफए युरो कप छनोटमा फ्रान्सले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको गिब्राल्टारलाई १४-० गोलले गोलले हराउँदै फ्रान्सले युरोकप छनोटमा सबैभन्दा ठुलो फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा ओलिभिएर जिरुड र किंग्सले कोमानले समान दुई-दुई गोल गरे । यस्तै मार्कुस थुराम, वारेन जाइरी-इमेरी, जोनाथन क्लाउस, योउसेफ फोफाना र एड्रिन राबियोटले समान एक-एक गोल गर्दा एक गोल उपहार पाएको हो । फ्रान्सले दुवै हाफमा समान ७-७ गोल गरेको हो ।

जितसँगै फ्रान्स ७ खेलबाट २१ अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन गिब्राल्टार पाचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *