श्री शाके १९४५ बि स २०८० मंसिर ३ गते आइतबार इश्वी सन २०२३ नोभेम्बर १९ तारीख कार्तिक शुक्लपक्ष षष्ठी तिथी पश्चात सप्तमी श्रवण नक्षत्र वृद्धि योग गर करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋृतु छटपर्व डालापूजा (ज्यो.पं सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेको छ । सामाजिक कार्यका क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहेनछ । पारिवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेको छ ।
वृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय व्यतित हुन सक्छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसँगको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
शारीरिक आलस्यातले गर्दा गरिहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका व्यक्त्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट व्यहोर्नुपर्नेछ ।
कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जीवनसाथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसिक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय व्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला । शुभ चिन्तकको वृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनमा वृद्धि गर्नका लागि तपाईले बढी परिश्रम गर्नु पर्न सक्छ । वौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा वृद्धि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । वौद्धिक व्यक्त्तित्वसगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।
तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।
वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नै घमन्डका कारण दाजु भाईबीचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्षि सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजनबीचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबीले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य वादविवादको चक्कर काट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।
मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट व्यहोर्नुपर्ला । जीवनसाथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रु सबल रहनाले कुराकाट्ने व्यक्त्तिहरुको वृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भावना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय व्यक्त्तिसँगको बियोगले मन निरुत्साहित रहला ।
मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा फाईदा मुलक हुनसक्ने सम्भावना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्रसगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी वृद्धिका लागी व्यक्त्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेको छ ।