लडाइँले हामीलाई एकसय वर्ष पछाडि धकेल्यो

हमास र इजरायलबीच जारी लडाइँका कारण शरणार्थी शिविर छाडेर भाग्न बाध्य प्यालेस्टिनीहरूले आफू एकसय वर्षअघिको दयनीय अवस्थामा पुगेको बताएका छन् । अहिले एउटा अस्थायी शिविरमा आफ्नो परिवारका अरू ४० जनासँग बसिरहेका एक महिला र एक पुरुषले आफूले भोग्नुपरेको दुःखबारे कुरा गरेका छन् ।

आफूसँग भएको खानेकुरा बालबालिकालाई खुवाउन पनि पर्याप्त नभएको उनीहरू बताउँछन् । गत महिना हमास समूहका लडाकुहरूले इजरायलमा अप्रत्याशित आक्रमण गरेर सयौँ मानिसलाई मारिदिएपछि इजरेलले गाजामा आक्रमण गरिरहेको छ ।

उक्त लडाकु समूहले दुईसय जनाभन्दा बढीलाई बन्धक बनाएर आफूसँगै लगेको थियो । इजरायली कारबाहीका कारण हजारौँ प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ भने लाखौँको सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन्। इजरायलले गाजास्थित अल–शिफा अस्पताल परिसरलाई हमासले प्रयोग गरेको भन्दै त्यहाँ कारबाही जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *