माल्टामाथि इंग्ल्याण्डको जित

एजेन्सी । युईएफए युरोकप छनोट अन्तर्गत भएको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले माल्टालाई २-० गोलले पराजित गरेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन ह्यारी केनले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफको आठौँ मिनेटमा पेपेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि इंग्ल्याण्डले खेलमा अग्रता दिलाएका थिए ।

७५ औं मिनेटमा साकाको पासमा केनले गोल गर्दै इंग्ल्याण्डलाई २-० को जित दिलाएका हुन् । जितसँगै इंग्ल्याण्ड ७ खेलबाट १९ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । एक खेल बढी खेलेको अंकविहिन माल्टा पाचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *