काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले दक्षिण कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सरह सेवा सुविधा दिन आग्रह गरेका छन् ।
नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठमा कोरिया नेपाल पार्लियामेन्ट कमिटीद्वारा कोरियाको राजधानी सोलस्थित नेशनल एसेम्बली हाउसमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाली कामदारलाई पनि कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन आग्रह गरेका हुन् ।
उनले समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे ।