युक्रेनले ईयुमा खाद्यान्न निर्यातका लागि सुक्खा बन्दरगाह निर्माण गर्ने

युक्रेनले युरोपेली संघ (ईयु) मा अन्न निर्यात बढाउन पश्चिमी जाकारपट्टिया क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ । होरोन्डा गाउँमा बनाइने मल्टिमोडल लजिस्टिक हब, होरोन्डा प्लेटफर्म, इटालियन लगानीकर्ताहरूले कार्यान्वयनमा ल्याउने छन् । जाकरपट्टिया क्षेत्रीय राज्य प्रशासनले विज्ञप्ति जारी गरी यसबारे जनाकारी गराएको हो ।

सुक्खा बन्दरगाहमा गोदामहरू, अन्न र सूर्यमुखी तेलका लागि कन्टेनरहरूका साथै युक्रेनी ब्रोड–गेज रेलवेबाट युरोपेली न्यारो–गेज रेलवे लाइनहरूमा सामानहरू पुनः लोड गर्ने पूर्वाधार लगायतका संरचनाहरू निर्माण गरिनेछन् ।

ब्ल्याक सी अनाज सम्झौता निस्प्रभावी भएपछि कीभले वैकल्पिक मार्गहरू मार्फत आफ्नो देशमा उत्पादित अन्न र अन्य सामानहरूको निर्यात बढाउन विभिन्न प्रयास गरिरहेको छ।

युक्रेनले जुन ३० मा समाप्त भएको सन् २०२२–२०२३ मार्केटिङ वर्षमा करिब ५८ मिलियन टन अन्न र तैलीय पदार्थ निर्यात गरेको युक्रेनी ग्रेन एसोसिएसनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *