कोसीमा सहमतिको सरकार बनाउने प्रयास जारी छः कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेशमा नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले अहिले पनि कोसी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताएका हुन् ।

उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको बताए । कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताए ।

उनले गणतन्त्र खराब व्यवस्था नभए पनि राजनीतिक दलका नेताहरुको कारण बदनाम भएको र जनतामा निराशा छाएको बताए । कोइरालाले सामाजिक सञ्जालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *