कँडेललाई कांग्रेसको सहकारी विभागको प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाली काँग्रेसले सहकारी विभागको प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३७ को उपधारा एकको ‘ग’ बमोजिम उनलाई मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

पूर्व गृहराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता कँडेल २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुबबहादुर प्रधानसँग नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर दुईमा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *